Logo

खानाको सन्तुलन मिलाएर पनि तौल घटाउन सकिन्छ, डा. कल्याण सुवेदीले सुझाए यस्ता उपाय



पेट घटाउन मन छ तर, एक्सरसाइज गर्न अल्छी लाग्छ अथवा एक्सरसाइज गर्ने समय नै हुँदैन भने तल लेखिएका यी कुराहरुमा ध्यान दिनुहोस् । यसो गर्दा पनि तपाईँंको तौल घट्न सक्छ । हाल अमेरिकामा रहेक  डा. कल्याण सुवेदीले खाना (आहार) को सन्तुलन मिलाउन जाने तौल घटाउन सकिने उपाय सुझाएका छन् ।

एकपटक खाना खाएपछि अर्को ३ घण्टा कुनैपनि हालतमा केही नखानुहोस् । स्वस्थ खाने कुरा भएपनि नखानुहोस् । चिनीबिना चिया, कफि खाने बानी बसाल्नुहोस् । चिनीको प्रयोग सम्पूर्ण रुपमा रोक्नुहोस् । यदि चिनीबिना चिया, कफि खाने बानी गर्नुभयो भने पछि अन्य खानेकुराहरु थोरै गुलियो भएपनि तपाईंलाई अति गुलियो लाग्छ । साथै, तपाईंले गुलियो खाने कुराहरु खान छोड्नुहुन्छ ।

भातको साइज तरकारीको साइज जति बनाउनुस् । एकपटकमा एक कचौरा भातभन्दा धेरै नखानुहोस । दैनिक दही खाने गर्नुहोस् । दहीले पेटमा हामीले खाएको खाना पचाउन सहयोग गर्ने ब्याक्टेरिया हुर्काउन मद्दत गर्दछ । जसले गर्दा पेट डम्म हुने, पेटको साइज ठूलो भएको जस्तो देखिँदैन ।
बेलुकी ढिलो कहिले नखानुहोस् । बेलुकी सुत्ने बेलामा खाएको सबै क्यालोरिज प्रयोगमा हुँदैन । फ्याट्सको रुपमा स्टोर भएर बस्छ र पेटको साइज बढ्छ । त्यसैले सुत्ने समयभन्दा ३ घण्टा अघिदेखि केही पनि नखाने बानी गर्नुहोस् ।

नियमित रुपमा वा दिनहँु कम्तिमा हप्ताको एक÷दुई पटक आफ्नो तौल नोर लेखेर राख्नुहोस् । बजारको प्याकेटका रेडिमेट खाने कुराहरु जस्तैः चिप्स, कुकिज, जुस आदि केही पनि नखानुहोस् । प्रशस्त पानी पिउनुहोस् । भोक लागेको अनुभव हुनेबित्तिकै सुरूमा पानी पिउनुहोस् ।

भोक लाग्न सुरु भएपछि फ्याट्स ब्रेक डाउन हुन सुरु हुने हँुदा भोक लाग्नेबित्तिकै खाईनहाल्नुस् । जति सक्नुहुन्छ, उत्ति लामो समय कुर्नुहोस । १०० क्यालोरिज बर्न हुन लगभग १ किलामिटर जति हल्का दौड्ने, जम्पिङ गर्नुपर्छ । त्यसैले क्यालोरी कन्ट्रोल गर्न निकै आबश्यक हुन्छ । १०० एमएम तेलमा करिब ८०० क्यालोरिज हुन्छ । त्यसैले बढी तेल भएका खानेकुराहरु जस्तैः समोसा, सेलरोटी आदि खाने कुराहरु सकेसम्म नखानुहोस् । खानेकुरा पकाउँदा सकेसम्म कम तेल अथवा घ्यु राखेर पकाउनुहोस ।

यदि सक्नुहुन्छ भने दिनको १४ घण्टा ईन्टरमिटेड फास्टिङ गर्नुहोस् । जस्तैः साँझ ७ बजेदेखि विहान ९ बजेसम्म पानीबाहेक अरु केही पनि नखानुहोेस् । लामो यात्रा गर्दै हुनुहुन्छ वा लामो समय खाना खान मिल्दैन भने साथमा नट्स, बदाम,काजुहरु राख्नुहोस् । तर, एक पटकमा १५ ओटा भन्दा धेरै नखानुहोस् ।

हतारमा खाजाको लागि चाउचाउ, पास्ताहरु खाँदा हरियो परियो साग आदिको मात्रा चाउचाउको भन्दा धेरै बनाउनुहोस् । कम्तिमा आधा चाउचाउ आधा ग्रिन्सहरु भएको राम्रो हुन्छ । जहिले पनि आधा पेट खाने गर्नुहोस् । खाना खाइसकेपछि पनि अझ उत्तिकै खान सक्छुजस्तो हुनेगरि थोरै खानुहोस् ।

सेतो खाने कुराहरु नखानुहोस् अथवा सकेसम्म कम खानुहोस । सेतो खाने कुराहरु भनेको भात, आलु, मैदाको पिठोले बनेको सबै खानेकुराहरु जस्तैः ब्रेड, नुडल्स, बिस्किट्स, डुनट्स आदि ।

खानामा कार्व, प्रोटिन थोरै फ्याट्स र भेजिटेबल्सको ब्यालेन्स र्डाइट बनाउनुहोस् । यदि खानामा गेडागुडी छ भने दाल पनि एकैपटक नखानुहोस् । खानासँगै दुध, दही अन्य मिष्ठान्न कुराहरु एकैपटक नखानुहोस् । तरकारीको चिल्लो छ भने घ्यु नराख्नुहोस ।

 



प्रतिक्रिया दिनुहोस्