Logo

ओलीद्वारा बजेट सच्याउन माग



काठमाडौ, जेठ २४ । मुख विपक्षी दल एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले सरकारले ल्याएको बजेटले आम रूपमा नेपाल र नेपालीको प्रतिनिधित्व गर्न नसकेकाले बजेट सच्याउन माग गरेका छन्।

बजेट सच्याए सरकार असफल भयो भनेर आफूहरूले नभन्ने अध्यक्ष ओलीको भनाइ थियो। प्रतिनिधिसभाको मंगलबारको बैठकमा आव २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफलमा भाग लिँदै उनले बजेटले समग्रतामा कमजोर देखिएको बताए। बजेटले राष्ट्रको हित गर्नेतर्फ ध्यान नदिएको उनको टिप्पणी छ।

बजेटको चिलको जस्तो आँखा हुनुपर्नेमा लाटोकोसेरोको जस्तो भएको उनले बताए। राष्ट्रको हित, विकास निर्माण र समृद्धि, रोडम्याप प्रस्ताव गर्न बजेट चुकेको बताउँदै उनले मौलिक मूल्यलाई बजेटले आत्मसात गर्न नसकेको बताए।

‘प्रस्तावित बजेटको प्रारम्भिक प्रस्तुतिलाई अध्ययन गर्दा यस बजेटले बजेट निर्माणका आधारभूत मूल्य, गतिशिलता र आधारभूत कुरालाई आत्मसाथ गर्न सकेको छैन,’ उनले भने।

अध्यक्ष ओलीले बजेट संसद्बाट पास मात्र नभएर व्यवहारमा पनि पास हुनुपर्ने बताए। ‘राष्ट्रमा उत्साहको लहर पैदा गर्ने कार्ययोजना आएको छैन, त्यसकारण यो बजेटले परिणाम दिन सक्दैन,’ उनले भने।

‘कुनै प्रयासविना संकलन हुन सक्ने राजस्व विगतदेखि कार्यान्वयनमा आएका केही अयोजना पूर्वाग्रह राखेर, कुनै लक्ष्य, नतिजा, निर्धारण नगरिकन, अलिअलि रकम छ्यास्सछुस्स मुखबुजो लगाउन खोजेको छ’ उनले बताए।

समष्टिगत आर्थिक स्थायित्व कायम गर्न, उच्चदरको आर्थिक विकास हासिल गर्न यो बजेटले नसक्ने अध्यक्ष ओलीले बताए। व्यापक रूपमा रोजगारीको अवसर सिर्जना गर्न, राष्ट्रिय बचतको वृद्धि गर्न, आन्तरिक र बाह्य लगानीलाई आकर्षित गर्न, मूल्यवृद्धि नियन्त्रण गर्न, चालु खाता घटाउन, नेपाली अर्थतन्त्रलाई प्रभावकारी र दक्ष बनाउन नसकेको उनको भनाई छ।

समष्टिगत आर्थिक स्थायित्व कायम गर्न, उच्चदरको आर्थिक विकास हासिल गर्न यो बजेटले नसक्ने अध्यक्ष ओलीले बताए।

उनले संविधानले भनेको समाजवाद उन्मुख अर्थव्यवस्थाबाट बजेट विचलित भएको बताए। मौलिक हक कार्यन्वयन गरेर जनतालाई उपलब्ध गराउन बजेट चुकेको तथा राष्ट्रियताप्रति बजेट उदासीन रहेको बताए।

‘यसले देख्दैन, पोलिसी छैन, अकर्मन्यता र शिथिलता छ। परिणाम र उपलब्धिबाट जवाफ दिनुस्। समस्या समाधान गर्न र आयस्रोत बढाउने प्रयासमा अहिलेको सरकारको ध्यान नभएको बरु अजिंगर जसरी सुतेर बसेको उनले बताए। भन्सारबाट आएको बजेट स्वाप्प पार्ने नीतिमा सरकार रहेको ओलीको भनाइ छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्