Logo

नेशनल हार्ट फाउण्डेसनद्वारा एम्बुलेन्स सहयोग



काठमाडौं, जेठ २४ । नेशनल हार्ट फाउण्डेसनले ललितपुरको महालक्ष्मी नगरपालिकामा रहेको त्रिपिङ्गेश्वर सामाजिक संस्थालाई एम्बुलेन्स सहयोग गरेको छ ।

त्रिपिङ्गेश्वर महादेव मन्दिरको शिलान्यासको अवसर पारेर नेशनल हार्ट फाउण्डेसनका अध्यक्ष एवं नर्भिक अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. शिवजी सिलवालले सोमबार एक कार्यक्रमकाबीच त्रिपिंगेश्वर सामाजिक संस्थाका अध्यक्ष तथा समाजसेवी हिराबहादर पौडेललाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरेको छन् ।

त्रिपिङ्गेश्वर सामाजिक संस्थालाई एम्बुलेन्सको आवश्यकता देखिएकाले विशुद्ध सामाजिक कार्यलाई मूर्तरुप दिदै दुःखी, गरिव, असाहय र स्वास्थ्य क्षेत्रमा सहज एम्बुलेन्स सेवा प्रवाहमा जोड दिदै एम्बुलेन्स हस्तान्तण गरिएको डा. सिलवालले बताए ।

संस्थाले उक्त एम्बुलेन्स महालक्ष्मी नगरपालिकाको वडा नं. ९ लाई प्राथमिकतामा राख्दै हस्तान्तरण गरेको र आवश्यकताका आधारमा नगरपालिकाभरि वैज्ञानिक ढंगबाट सेवा प्रवाह गर्नेगरी समाजसेवी पौडेललाई सञ्चालनको जिम्मेवारी दिएको डा. सिलवालको भनाई छ ।

आकस्मिक अस्पताल पु¥याउनुपर्ने बिरामीलाई सहजरुपमा अस्पतालसम्म पु¥याउन सकियोस् भन्ने उद्देश्यले एम्बुलेन्स खरिद गरेर संस्थालाई हस्तान्तण गरिएको उनले बताए ।

एम्बुलेन्स हस्तान्तरण कार्यक्रमा महालक्ष्मी नगरपालिकाका मेयर हरि गोविन्द श्रेष्ठ र उपप्रमुख लक्ष्मी महर्जन लगायतको समेत उपस्थिति रहेको थियो ।

फाउण्डेसनले विभिन्न मुटु जाँचसम्बन्धी शिविरहरु आयोजना गर्दै आएको छ । यस्तै हृदयघातसम्बन्धी जनचेतना अभिवृद्धिका कार्यक्रम गर्दै आएको फाउण्डेसनले पोषणसम्बन्धी परामर्श पनि प्रदान गर्दै आएको छ ।

आगामी दिनमा पनि फाउण्डेसनले विभिन्न सामाजिक कार्यहरु गर्ने डा. सिलवालको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्