Logo

नक्कली शरणार्थी प्रकरण-आज अभियुक्त दुलाल पक्षका वकिलले बहस गर्ने



काठमाडौं,२४ जेठ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको आरोपमा अदालतमा मुद्दा चलाइएका अभियुक्तहरुको तर्फबाट आजबाट बहस सुरु हुने भएको छ ।

सरकारी वकिल र जाहेरीकर्ताको तर्फबाट हिजो बहस सकिएपछि आजबाट अभियुक्तको तर्फबाट बहस हुने भएको हो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा जारी थुनछेक बहसअन्तर्गत अभियुक्तका तर्फबाट बहस गर्ने वकिलहरुलाई ६ दिनको समय उपलब्ध गराइनेछ ।

आजदेखि हुने बहसमा अभियुक्तहरूको बयान लिइएको क्रमका आधारमा हुने छ । न्यायाधीश न्यौपानेका अनुसार बयान लिँदाको क्रमका आधारमा आज सुरुमा केशव दुलालका कानुन व्यवसायीले बहस गर्ने छन् । त्यसपछि सानु भण्डारीका कानुन व्यवसायीले बहस गर्ने छन् ।

यस प्रकरणमा प्रहरीले ३२ जनाविरुद्ध विभिन्न अभियोगमा हदैसम्मको कारवाहीको माग गर्दै मुद्दा दायर गरेको छ ।



प्रतिक्रिया दिनुहोस्