Logo

थन्किएका विद्युतीय बसलाई सञ्चालनमा ल्याउन सांसद साहको माग



काठमाडौं,२४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असीम साहले थन्किएर यसै बसेका विद्युतीय बसलाई पुनः सञ्चालनमा ल्याउन माग गरेका छन् ।

बुधबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद साहले साझा यातायतसँगको सहकार्यमा ५७ करोडमा ३७ वटा बस खरिद गरेपनि हालसम्म तीन वटामात्र बस सञ्चालनमा आएको भन्दै बाँकी बसलाई पनि सञ्चालनमा ल्याउन माग गरेका हुन् ।

उनले भने, ‘अहिले ३ वटा सञ्चालनमा आएका छन् भने ३४ वटा अझै पार्किङमा थन्किएर बसेको छ। छोरो पाउने कहिले ? भोटो पाउने ? यो उखानले हामीले हाम्रा पूर्वजहरूको पूर्व तयारीको हतारोलाई दर्साउँछ। तर, विडम्बना हामी हाम्रो पूर्वजहरू भन्दा पनि कम छैनौँ। छोरो जन्मिसक्यो लगाउने भोटो छैन। बिजुली बस आइसक्यो पार्किङ र चार्जिङ स्टेशन छैन, बस गुड्न तयार छ तर, रुट परमिट छैन। सर्वसाधारण दिनहुँ कोचिएर थोत्रो बसमा यात्रा गर्न बाध्य छन्। तर, हामी सफा सुविधा सम्पन्न विद्युतीय बसलाई थन्काएर राखिरहेका छौँ। कतै हामीले माल पाएर चाल नपाएको पो नपाएको हो कि ? । ’



प्रतिक्रिया दिनुहोस्