Logo

माओवादी सांसद दाहालको अभिव्यक्तिप्रति एमाले सांसद् थापाको नियमापत्ति



काठमाडौं,२४ जेठ । प्रतिनिधि सभाको बैठक जारी रहेको छ । विहान ११ बजेदेखि जारी रहेको बैठकमा सांसदहरुले आगामी आर्थिक वर्षको वजेट वक्तब्यमाथि आ-आफ्नो धारणा राखिरहेका छन् ।

आजको बैठकमा आफ्नो धारणा राख्ने क्रममा सत्तारुढ दल माओवादी केन्द्रका सांसद लेखनाथ दाहालको अभिवयक्तिप्रति प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद् सूर्यबहादुर थापाक्षेत्रीले नियमापत्ति जनाएका छन् ।

आजको बैठकमा आफ्नो धारणा राख्ने क्रममा सांसद दाहालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्मा सम्बोधन गरिसकेपछि प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई बोल्न दिएको भन्दै आपत्ति जनाएका थिए । उनले सभामुखको कार्यशैलीप्रति प्रश्न उठाएपछि एमाले सांसद थापाले नियमापत्ति जनाएका छन् ।

उनले प्रतिनिधि सभा नियमावली २०७९ को नियम २१ को (ख) बमोजिम सभामुखको आलोचना गर्न नपाइने व्यवस्था रहेका स्मरण गराएका छन् । थापाले नियमापत्ति जनाएपछि सभामुख घिमिरेले पनि सांसदहरुलाई आफ्नो अभिव्यक्ति प्रस्तुत गर्दा नियम २१ को (ख) लाई ध्यान दिन आग्रह गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्