Logo

गरिबलाई झन गरिब बनाउने कर स्वीकार्य छैन, विरोध गर्छौै : सांसद सुमना श्रेष्ठ



काठमाडौं,२४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले आगामी आर्थिक वर्षको विनियोजित बजेटले करमाथि कर थुपरेको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बजेटमाथि आफ्नो धारणा राख्दै सांसद श्रेष्ठले नयाँ आर्थिक वर्ष सुरु भएपछि किसानको महंगो हुने बताउँदै अर्थमन्त्री डा.प्रकाशशरण महतको तर्कको खण्डन गरेकी छन् ।

आयात विस्थापन गर्न भन्दै सरकारले तरकारीजन्य वस्तुमा लगाएको करप्रति आपत्ति जनाइन् ।

श्रेष्ठले गरिबीलाई देखाएर दातृ निकायबाट बजेट ल्याउने र उनीहरुलाई मारमा पार्ने काम हुनै नसक्ने बताइन् ।

‘गरिबलाई यसमा लेखेको करले कसरी सौलियत हुन्छ? आफूले तार्गेट गरेको राजस्व उठेन भने अब त तपाईंले अर्को वर्ष सासमा पनि कर लगाउनुहुन्छ? हरेक सासको कति मोल लिनुहुन्छ?,’ उनले भनिन् , ‘यो सदन पटक–पटक राजनीतिक हिसाबले रोकिएको छ, अब हामी जनताको लागि रोक्छौं। गरिबलाई बढी गरिब बनाउने कर स्वीकार्य छैन।’



प्रतिक्रिया दिनुहोस्