Logo

एमाले नेता एवं पूर्वस्थानीय विकास राज्यमन्त्री चौधरीको निधन



काठमाडौं,२४ जेठ । नेकपा एमालेका नेता महेश चौधरीको निधन भएको छ ।

आज दिउँसो दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा उनको निधन भएको हो । केही समय अघिदेखि बिरामी रहेका चौधरी संविधानसभाका पूर्व सदस्यसमेत हुन् ।

२०४८ सालमा राष्ट्रिय सभामा सदस्य बनेका चौधरी २०५४ सालमा स्थानीय विकास राज्यमन्त्री बनेका थिए ।

उनका द हिडनट्रेजर अफ द लो ल्याण्ड नेपाल,नेपालको तराई तथा यसका भूमिपुत्रहरू, थारू भाषाको पहिलो गीति नाटक छारु,थारू भाषामा लिरौसी व्याकरण लगायत थुप्रै पुस्तक प्रकाशित छन्।



प्रतिक्रिया दिनुहोस्