Logo

पहिचानवादीसँग वार्ताको तयारीमा कोशी सरकारः मन्त्री मेन्याङ्बोको संयोजकत्वमा बनाईयो तीन सदस्यीय समिति



काठमाडौं, २४ जेठ । कोशी प्रदेश सरकारले पहिचानवादीहरुसँग वार्ताकाले लागि तीन सदस्यीय समिति बनाएको छ । कोशी प्रदेश नामाङ्कनको विरोधमा त्यहाँका पहिचानवादी शक्तिहरु विगत दुई महिनादेखि आन्दोलनमा छन् ।

प्रदेश सरकारले आज (बुधबार) आन्दोलित पहिचानवादीहरुसँग वार्ताका लागि खानेपानी, सिचाईन् तथा उर्जामन्त्री तिलकुमार मेन्याङ्बो संयोजक रहने गरी तीन सदस्यीय समिति बनाएको हो ।

वार्ता टोलिको अन्य सदस्यहरुमा सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी र कृषिमन्त्री भक्तिप्रसाद सिटौला रहेका छन् । कोशी प्रदेश नामाङ्कनले त्यहाँका राई र किराँतहरुको पहिचानलाई नसमेटेको भन्दै उनीहरु चरणबद्ध आन्दोलनमा छन् । प्रदेश नामाङ्कन नसच्याएसम्म चरणबद्ध आन्दोलन गर्ने उनीहरुको चेतावनी छ । सरकारले गत २०७९ फागुन १७ गते प्रदेश १ लाई कोशी प्रदेश नामाङ्कन गरेको थियो ।

 



प्रतिक्रिया दिनुहोस्