Logo

स्वास्थ्य संस्थामा गर्भ जाँच गराउँदा अण्डा र क्याल्सियम



मुग्लिन, २४ जेठ । चितवनको इच्छाकामना गाउँपालिकाका स्वास्थ्य संस्थाले गर्भवतीलाई अण्डा र क्याल्सियम चक्की वितरण गरेका छन् । गाउँपालिकाका सबै स्वास्थ्य संस्थामार्फत गर्भवतीलाई पोषण सुधार कार्यक्रम अन्तर्गत उक्त सामग्री वितरण गरेको हो ।

गाउँपालिकाको चालु आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा गर्भवतीका लागि पोषण सुधारको लागि अण्डा र क्याल्सियम चक्की वितरण गर्न रु पाँच लाख बजेट विनियोजन गरेको गाउँपालिकाका उपाध्यक्ष माया सिलवालले जानकारी दिए ।

उपाध्यक्ष सिलवालले भने, “हामीले गर्भवतीलाई नियमित रुपमा स्वास्थ्य संस्थामा आई गर्भ जाचँ गराउनका लागि प्रेरित गर्ने उद्देश्यले निःशुल्क क्याल्सियम र अण्डा वितरण कार्यक्रम ल्याएका हौँ ।” उहाँनले कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिइने बताए ।

गाउँपालिका स्वास्थ्य शाखाका सहायक प्रमुख (जनस्वास्थ्य निरीक्षक) हरि देवकोटाका अनुसार अनुसार एकजना गर्भवतीलाई एक क्रेट अण्डा र आवश्यकता अनुसार क्याल्सियम चक्की दिइएको छ । रासस



प्रतिक्रिया दिनुहोस्