Logo

सर्वोच्चको आदेशविरुद्ध नागरिकताविहीन युवाद्धारा माइतीघरमा प्रदर्शन (तस्बिरहरू)



काठमाडौं,२४ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलद्धारा प्रमाणीकरण भएको नागरिकता विधेयक यथास्थितीमा राख्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशविरुद्ध नागरिकताविहीनहरुले प्रदर्शन गरेका छन् ।

नागरिकता विधेयक यथास्थितिमा राख्न सर्वोच्चले गरेको आदेशविरुद्ध उनीहरूले प्रदर्शन गरेका हुन् । बुबा-आमा नेपालाी म चाहिँ कहाँ को हुँ ? भन्दै नारा लगाउँदै प्रदर्शन गरेका हुन्

आमाको नामबाट नागरिकता दिनुपर्ने, नेपाली नागरिकलाई अनागरिक बनाउन नहुने जस्ता नारा लेखिएको प्लेकार्ड उनीहरूले बोकेका थिए ।

गत जेठ १७ गते राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए । तर उनको कदमको चौतर्फी आलोचना भइरहेको छ ।

आलोचनाकैबीचमा वरिष्ठ अधिवक्ताद्धय सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले राष्ट्रपति पौडेलको निर्णय कार्यान्वयन नर्गन आदेश माग गर्दै सर्वोच्चमा मुद्दा दायर गरेका थिए । सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले उक्त रिटको सुनुवाइ गर्दै तत्कालका लागि उक्त निर्णय यथास्थितिमा राख्न आदेश दिएपछि हाल नागरिकता ऐन कार्यान्वयन हुन सकेको छैन् ।

 

photo : Mukunda  Kalikote reports Nepal 



प्रतिक्रिया दिनुहोस्