Logo

मन्त्रिपरिषद् हेरफेरको तयारीमा प्रधानमन्त्री दाहाल, जनमत फेरि सरकारमा सहभागी हुँदै



काठमाडौं, २४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल मन्त्रिपरिषद् हेरफेरको तयारी गरेका छन् । जनमत पार्टीलाई पनि सरकारमा सहभागी गराउनेगरि प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् हेरफेरको तयारी गरेका हुन् । जनमत पार्टीले राम्रो मन्त्रालय पाए सरकारमा सहभागी हुने चाहना राखेको छ। पछिल्लो समय प्रधानमन्त्री दाहालले जनमतको पनि साथ खोजेका छन् ।

जनमत सरकारबाट बाहिरिएपनि सरकारलाई दिएको समर्थन भने उसले कायमै राखेको छ । यसअघि जनमतबाट उपाध्यक्ष अब्दुल खांन खानेपानी मन्त्री बनेका थिए । तर, जनमतले भने कृषि वा उद्योगमध्ये एक मन्त्रालय मागेको थियो । जनमतका नेताहरुले पनि बजेटलगत्तै सरकारमा सहभागी हुन सकिने अभिव्यक्ति दिएका छन् । प्रधानमन्त्री दाहाल हालै भारत भ्रमण गरेर आएका छन् ।

उनले पछिल्ला दिन मन्त्रिपरिषद् हेरफेर गर्नेबारे गृहकार्य थालेका छन् । जनमत सरकारमा सहभागी हुँदा माओवादीकै एक मन्त्रीको पनि जिम्मेवारी खोसिनसक्ने उच्च स्रोतको दाबी छ । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot