Logo

प्रचण्ड नेतृत्वको सरकारमाथि ओलीले अस्त्र प्रयोग गरिरहेका छन्ः जसपा नेता श्रेष्ठ (भिडियोसहित)



काठमाडौं, २५ जेठ । जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको गठबन्धन सरकार पाँच वर्षसम्मै जाने दाबी गरेका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड नेतृत्वको गठबन्धन सरकारमाथि निरन्तर अस्त्र प्रहार गरिरहेको भएपनि यसको आयु पाँचै वर्ष भएको दाबी गरेका हुन् ।

‘ओलीले अहिले पनि अस्त्र प्रयोग गर्न खोजिनै हरनु भएको छ । उहाँबाट निरन्तर चलखेल भइनै राखेको छ । संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता चाहिँदैन भन्ने भन्नेहरुसँगको उहाँको सहकार्यबाट उहाँको भविष्यको दिशा निर्धारण गर्छ,’– उनले भने ।

फरक प्रसंगमा उनले संवैधानिक राष्ट्रपतिले दुवै सदनले पारित गरेर पठाएको र उत्पत्ति भएको संसद्को सभामुखले प्रमाणीकरण गरेर पठाएपछि विधेयक रोक्न नमिल्ने दाबी गरे । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी निरङ्कुशताको पथमा हिँडेको उनको आरोप छ । राष्ट्रपति संस्था अविच्छिन्न उत्तराधिकारवाला संस्था भएकाले वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले नानगरिकता विधेयक प्रमाणीकरण गर्नु संविधान सम्मत रहेको उनको दाबी छ ।

‘संवैधानिक राष्ट्रपतिले दुवै सदनले पारित गरेर पठाएपछि, विधेयक उत्पत्ति भएको संसद्ले प्रमाणीकरण गरेर पठाएपछि फाइनल प्रमाणीकरण राष्ट्रपतिले गर्ने हो नि । उहाँ (विद्यादेवी भण्डारी) लाई त्यसरी बेवारिसे छोड्ने अधिकार छ ? अहिलेको राष्ट्रपतिले जे गर्नुभयो, त्यो संविधान सम्मत छ । किन पनि संविधान सम्मत छ भने यो अविच्छिन्न उत्तराधिकारवाला हो । संसद् पनि अविच्छिन्न उत्तराधिकारवाला हो । राष्ट्रिय सभा कहिले पनि विघटन हुँदैन । उही कुरा केपी ओलीले गर्दा ठीक, प्रचण्डले गर्दा बेठीक भन्ने कुरा नै राम्रो नियत भएन,’– उनले भने ।

 

 



प्रतिक्रिया दिनुहोस्