Logo

प्याब्सकको आयोजनामा पूर्वप्राथमिक र प्राथमिक तहका को-ओर्डिनेटरका लागि निःशुल्क कार्यशाला हुँदै



काठमाडौं, २५ जेठ । नीजि तथा आवासीय विद्यालय संगठन काठमाडौं (प्याब्सक) ले पूर्वप्राथमिक तह र प्राथमिक तहका को-ओर्डिनेटरका लागि कार्यशाला/तालिमको आयोजना गरेको छ । प्याब्सकको आयोजना र दीक्षालय नेपाल फाउन्डेसनको सहकार्यमा जेठ २७ गते कार्यशाला/तालिमको आयोजना गरिएको हो ।

प्याब्सकले काठमाडौंभित्रका सबै नीजि विद्यालयलाई कम्तिमा दुई जना सहभागी पठाउन पत्राचार गरिसकेको छ । दिक्षालय नेपाल फाउन्डेसनमा हुने उक्त तालिममा सहभागीको प्रवेश निःशुल्क गरिनुका साथै खाजा र प्रमाणपत्रकोसमेत व्यवस्था गरिएको छ ।

‘प्याप्सकको नयाँ टिम निर्वाचित भइसकेपछिको पहिलो बैठक सकेर हाम्रो यो वर्षको पहिलो कार्यक्रम हो । यसमा विशेषगरी महासचिव सुदीप काफ्लेले संयोजन गर्नु भएको छ । यस कार्यक्रममा हामीलाई दीक्षालय नेपाल फान्डेसनले खाना, खाजा र भेन्यु लगायतको व्यबस्था गरेको छ । यो कार्यक्रम शनिबार विहान ९ बजेदेखि बेलुका ४ बजेसम्म दीक्षालय स्कूल कपनमा हुनेछ,’– प्याब्सकका अध्यक्ष राजन श्रेष्ठले भने ।

ग्रास लेवलबाटै शिक्षक र विद्यार्थीमा सुधारको आवश्यकता भएकाले शिक्षकमा शिक्षण सीप, नेतृत्व कला विकासका लागि तालिमको आयोजना गरिएको अध्यक्ष श्रेष्ठले बताए । ‘प्रि–प्राइमरी लेवलबाटै विद्यार्थीहरुलाई सुधार गरेर लानुगर्ने र त्यसका लागि शिक्षकहरुलाई आवश्यक ज्ञान, सीप र शिक्षण कौशलताको विकास गर्न आवश्यक हुन्छ । अहिलेको पाठ्यक्रम विकास, इन्नेभेटिभ पेडागोजी विकास र नेतृत्व विकासलाई फोकस गरेको छ,’– उनले भने ।

 



प्रतिक्रिया दिनुहोस्