Logo

बजेटप्रति एमाले उपमहासचिवको टिप्पणी : पञ्चायतकालीन बजेटको पुनरावृति भयो



काठमाडौं,२५ जेठ । नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले आगमी आर्थिक वर्षको बजेटले नागरिकलाई प्रत्यक्षरुपमा अनुभूती हुनेगरि कार्यक्रम ल्याउन नसकिएको भन्दै पञयतकालिन बजेटको पुनरावृति भएको टिप्पणी गरेका छन् ।

प्रतिनिधि सभाको बिहविारको बैठकमा बजेटमाथि आफ्नो धारणा राख्दै गुरुङले अहिले कार्यकारी अधिकार सहितको,राज्य सक्तिको अधिकारको,राजकीय सत्ताको अधिकार प्राप्त ७५३ वटा सरकारहरु रहेको भन्ने सरकारले भूलेको आरोप लगाएका खछन् । उनले भने ‘यो बजेटले ७५३ वटा सरकार छ भन्ने भुलेको छ ।’

बहुदल कालको ५०-६० करोडको बजेटमा एउटा पालिकाले तीन लाख, दश लाख, १५ लाख, बीस लाख पाउँथे,’ ‘त्यस्तै त्यस्तै अधिकार पाउने कुराको हिसाब गर्दा यो बजेटलाई पंचायतकालीन बजेटको पुनरावृति भयो भन्न सकिन्छ । यो बजेटलाई बहुदल कालको बजेटको पुनरावृति भयो भन्न सकिन्छ ।’

‘बजेटको संरचना हेर्दा राजश्वको संरचना कर प्रणालीमा कुनै परिवर्तन छैन् । भन्सार राजश्वमा रमाउने सरकार, कमिसनतन्त्रमा रमाउने व्यापारिक क्षेत्रले मुलुकको अर्थतन्त्रको विकासमा टेवा पुर्‍याउन सक्दैन । राष्ट्रिय पुँजी निर्माण हुन सक्दैन्,’उनले भने ।



प्रतिक्रिया दिनुहोस्