Logo

लिपुलेक र लिम्पियाधुरा भारतले छोड्नुपर्ने गगन थापाको भनाई



काठमाडौं, २५ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली भूमि लिम्पियाधुरा र लिपुलेक कसैले खोस्न नसक्ने बताएका छन् । उनले भने,‘हाम्रो भूमि लिम्पियाधुरा र लिपुलेक कसैले खोस्न सक्दैन् । हामी खोस्न पनि दिँदैनौं ।’ आज (बिहीबार) विराटनगर विमास्थलमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै थापाले यस्तो बताएका हुन् ।

महामन्त्री थापाले भारतले आफ्नो सांस्कृतिक नक्सा जारी गरेर नेपाल समेट्न सक्छ भने नेपालले पनि ग्रेटर नेपालको सांस्कृतिक नक्सा जारी गर्ने अधिकार प्रयोग गर्ने उल्लेख गरे । उनले नेपाली भूमि लिपुलेक र लिम्पियाधुरा भारतले छोड्नुपर्ने र बंगलादेश जाने बाटो दिनुपर्ने बताएका छन् ।

उनले भने,‘लिम्पियाधुरा, लिपुलेक नेपालले साट्ने लगायतका विकल्पमा सोचेर आफ्नो पोजिसन कमजोर पार्ने कुनै कारण छैन, नेपाल भूपरिवेष्ठित देश भएकाले बंगलादेश जाने बाटो पाउने अन्तर्राष्ट्रिय अधिकार कसैले हनन गर्न पाउँदैन ।’  File Photo/ReportersNepal

 



प्रतिक्रिया दिनुहोस्