Logo

नेपाली बाबुआमाका सन्तानले वंशजको नागरिकता पाउनुपर्छः राजेन्द्र लिङ्देन



काठमाडौं, २५ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङ्देनले आफूहरु नागरिकता विधेयकको विपक्षमा नभएको बताएका छन् । आज (बिहीबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले आफूहरु विधेयक ल्याउने प्रक्रियाको विपक्षमा रहेको बताए ।

‘केही पक्षबाट नागरिक समाजमा हामी नागरिकता विधेयकको विपक्षमा थियौं भनेजस्तो प्रचारहरु भइराखेको छ । हामीले अस्ति पनि भन्यौं कि हामी त्यो प्रक्रियाको विरुद्धमा थियौं । विषयमा त संसद्मा आएपछि छलफल हुन्छ, त्यसपछि हामी हाम्रा धारणाहरु राख्छौं । मूलभूत रुपमा जो बाबुआमा नेपाली नागरिक छन्, उनीहरुका छोराछोरीले नेपाली नागरिकता पाउनु पर्दछ, वंशजको आधारमा नागरिकता पाउनु पर्दछ भन्ने कुरामा हाम्रो कुनै दुविधा र फरक मत छैन ।’ उनले भने, ‘तर, जन्मको आधारमा नागरिकता वितरण गर्दा त्यो सुविधा लिएर कुनै विदेशीले नागरिकता लिएको छ भने तिनीहरुलाई छानविन हुनुपर्दछ र कारबाही हुनुपर्दछ भन्ने हाम्रो माग निरन्तर कायम छ ।’

 



प्रतिक्रिया दिनुहोस्