Logo

माओवादी केन्द्रले आज मधेश प्रदेशसभाको बैठक वहिष्कार गर्ने



काठमाडौं,२५ जेठ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले मधेश प्रदेशसभाको आजको बैठक वहिष्कार गर्ने भएको छ ।

सरकारलाई समर्थन गरिरहेको दलले दिएका सुझावलाई नीति तथा कार्यक्रममा नसमेटिएको भन्दै माओवादीले आज बस्ने बैठक वहिष्कार गर्न लागेको हो ।

जनता समाजवादी पार्टी नेपालका प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवनेतृत्वको प्रदेश सरकारमा माओवादी केन्द्रका एक मन्त्री र एक राज्यमन्त्री सहभागि छन् । मन्त्रिपरिषद् विस्तार गर्दा बेवास्ता गरिएको भन्दै माओवादी केन्द्रदे दुई साता अघिनै आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो तर अझैपनि माओवादी सरकारमै रहेको छ ।



प्रतिक्रिया दिनुहोस्