Logo

अन्धाधुन्ध करको दर हेरफेर गरिएको लिङदेनको आरोप



काठमाडौं,२५ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले बजेट वक्तव्य सार्वजनिक गर्ने अघिल्लो दिन अर्थमन्त्री डा.प्रकाशशरण महतले अन्धाधुन्ध करको दायरा हेरफेर गरेको आरोप लगाएका छन् ।

बिहीवार प्रतिनिधि सभाको बैठकमा बजेटमाथि आफ्नो धारणा सार्वजनिक गर्दै लिङदेनले बजेटले जनतालाई आशा जगाउने खालको नीति अंगिकार गर्न नसकेको बताए ।

उनले भने ‘करको दर र दायरा बढाउने क्रममा अन्धाधुन्ध काम गरिएको छ, यसले एकातिर कर बढ्ने देखिन्छ भने अर्कोतिर नकारात्मक प्रभाव पर्छ ।’ हवाइ टिकटमा कर, पाँचतारे होटलमा विलासिता कर,कृषिजन्य वस्तुमा करले नकारात्मक प्रभाव पर्न सक्छ ’ ।

उनले विद्युतीय सवारीको करको दरमा भएको हेरफेरमा समेत प्रश्न उठाएका छन् । ‘सर्वसाधारणले किन्न सक्ने विद्युतीय गाडीमा करको दर बढाइयो, सार्वजनिक प्रयोजनका लागि ल्याइने विद्युतीय गाडीको करको दर बढाइयो’, पूर्वउर्जामन्त्री समेत रहेका लिङ्देनले भनेका छन्,‘महँगो जसलाई हामी ठूलो बडा चढ्ने गाडी भन्छौं, त्यसको चाहिँ कर घटाइयो ।’



प्रतिक्रिया दिनुहोस्