Logo

तपाई साह्रै दुब्लो/पातलो हुनुहन्छ ? यस्ता छन् तौल बढाउने प्राकृतिक उपायहरु



काठमाडौं, २५ जेठ । हामी तौल घटाउने चर्चामात्रै गर्छौं । बढ्दो तौल नियन्त्रण गर्नुपर्ने चुनौती जतिलाई हुन्छ उती नै तौल कम भएर पीडित भएकाहरु पनि छन् । शरीरको उचाईअनुसार तौल मापन गरिन्छ । उचाईअनुसार तौल भएन भनेपनि धेरै प्रकारका समस्याहरु आउन सक्छन् । उचाईअनुसार कम तौल छ भने पनि स्वस्थ मानिदैन । हामीले देखेका छौं, कतिपय व्यक्ति जति खाए पनि साह्रै दुब्ला पातला हुन्छन् । त्यस्ता व्यक्तिहरु हेर्दै टिठ लाग्दो देखिन्छ ।

किन यस्तो हुन्छ त ? यस समस्याको पछाडि धेरै कारणहरु छन् । तर, पौष्टिक र उच्च क्यालोरियुक्त खाना खाएर यसलाई ठीक पार्न सकिन्छ । तीव्र रुपमा ओजन बढाउनका लागि दैनिक आहारमा प्रोटिन र भिटामिनयुक्त खानेकुराको भान्छामा प्रयोग गर्नु आवश्यक हुन्छ । यसका साथ–साथै हामीले खानामा यी खानेकुराहरु समावेश गरेको खण्डमा तपाईँमा रहेको दुब्लोपनाको समस्या समाधान हुनसक्छः

आलु
आलुमा कार्बोहाईडेडको मात्रा भरपुर हुन्छ । जसले शरीरलाई आवश्यक पोषण दिन्छ । यसका साथै स्ट्याच, फाइबर र भिटामिन ‘सी’ प्रचुर मात्रामा हुन्छ । त्यसैले आलु खानाले तौल छिटो बढ्छ । आलुको बोक्रामा पनि प्रोटिन हुन्छ । त्यसैले यसलाई राम्रोसँग सफा गरेर बोक्रासहित खानुपर्छ ।

अण्डा
अण्डालाई उच्च प्रोटिनयुक्त आहार मानिन्छ । एउटा अण्डाको सेवनले शरीरमा लगभग ७० क्यालोरी प्राप्त हुन्छ । अण्डामा अत्याधिकमात्रामा प्रोटिन र मिनरल्स हुन्छ । अण्डाको पहेलो भागमा फ्याट हुन्छ । त्यसैले अण्डा खाएमा ओजन छिट्टै बढ्छ ।

पास्ता
पास्ता उच्च क्यालोरियुक्त खानेकुरा हो । यसमा कार्बोहाईडेडको मात्रा प्रयाप्त हुन्छ । त्यसैले तौल बढाउने एउटा विकल्प पास्ता पनि हो । पास्तालाई अझै राम्रो बनाएर खानका लागि यसमा विभिन्न प्रकारका तराकारीहरु मिसाउन सकिन्छ । तुलानात्मक रुपमा रेडशस भन्दा ह्वाइटशस पास्ता खाँदा राम्रो मानिन्छ । पास्ता खानु तौल बृद्धि गर्नका लागि निकै महत्वपूर्ण मानिन्छ ।

दुध
दुधमा क्याल्सियम र अन्य कयौं मिनरल्सहरु हुन्छन् । जसले शरीरको विकासमा महत्वपूर्ण भुमिका खेल्छ । तीब्र रुपमा तौल बढाउनका लागि दैनिक विहान एक गिलास दुध पिउनु राम्रो मानिन्छ । एक गिलास दुधमा १३० देखि १५० क्यालोरी हुन्छ ।

बदाम, काजु
यदि छोटो समयमा ओजन बढाउन चाहानु हुन्छ भने काजु, किसमिस, बदाम र ओखरले राम्रो मानिन्छ । यी खानेकुराहरुबाट शरीरलाई उच्च क्यालोरी मिल्छ । यसमा अत्यधिक फाइबर र एन्टिअक्सिडेन्ट हुन्छ । जसले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई बढाउँछ । शारिरीक विकासमा मा पनि यी खानेकुराहरुले सहयोग पु¥याउँछ ।



प्रतिक्रिया दिनुहोस्