Logo

स्कटल्यान्डविरुद्ध अभ्यास खेलमा नेपालको मध्ययम प्रदर्शन



काठमाडौं,२५ जेठ । आइसीसी विश्वकपको छनोट खेल्न दक्षीण अफ्रिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अहिले स्कटल्यान्डविरुद्ध अभ्यास खेल खेलिरहेको छ । अभ्यास खेलमा नेपालले टस हारेर पहिला ब्याटिङको निम्तो पाएको छ ।

पहिले ब्याटिङ गरेको नेपालले मध्ययम प्रदर्शन गरिरहेको छ । ताजा अवस्थामा नेपालले ११ ओभरमा एक विकेट गुमाएर ५२ रन बनाएको छ ।

नेपालले पहिले विकेटको रुपमा कुशल भूर्तेललाई गुमाएको हो । भूर्तेल १६ रनमा आउट भएका थिए ।

जिम्बावेमा जुन १८ देखि ९ जुलाईसम्म आयोजना हुने विश्वकप छनोटको तयारिका लागि दक्षिण अफ्रिकामा अभ्यास गरिरहेको नेपाली टिमले जुन १० मा नेदरल्यान्ड्सँग दोस्रो अभ्यास खेल खेल्नेछ ।



प्रतिक्रिया दिनुहोस्