Logo

कोशी प्रदेशकी उपसभामुख दनुवारमाथि आक्रमणको प्रयास



काठमाडौं,२५ जेठ । कोशी प्रदेशकी उपसभामुख सृजना दनुवारमाथि आक्रमणको प्रयास भएको छ ।

प्रदेश नामाकरणको विरोधमा उत्रिएको पहिचानवादीको समूहले दनुवारमाथि उदयपुरमा आक्रमणको प्रयास गरेको हो ।

उदयपुर गाईघाटमा रहेको सर्पदंश उपचार केन्द्रमा पोर्टेबल भेन्टिलेटर सुरू गर्नेबारेको कार्यक्रम सकेर गाईघाट बजारतर्फ जाने क्रममा उनीहरूमाथि आक्रमण प्रयास भएको हो ।

नेकपा एमालेकी नेतृसमेत रहेकी दनुवार उदयपुरबाट समानुपातिक सांसद निर्वाचित भएकी हुन् ।



प्रतिक्रिया दिनुहोस्