Logo

कोशीमा नामकरणविरुद्ध भइरहेको आन्दोलनको एमालेले प्रतिवाद गर्ने ओलीको चेतावनी



काठमाडौं, २५ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेशमा कोशी नामकरणविरुद्ध भइरहेको आन्दोलनको आफ्नो दलले प्रतिवाद गर्ने चेतावनी दिएका छन् । उनले कोशी प्रदेशमा नामकरणविरुद्ध भइरहेको आन्दोलनमा प्रधानमन्त्री पुष्पकमल दाहालको प्रत्यक्ष संलग्नता रहेको पनि आरोप लगाए ।

आज (बिहीबार) काठमाडौंमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । उनले माओवादीले पहिले कोशी प्रदेश नामकरणमा साथ दिएको र पछि पुनर्विचार गर्नुपर्छ भनेर पहिचानवादीहरुलाई भड्काइरहेको दाबी गरे ।

उनले थपे‘अब नेकपा एमालेले तयारीका साथ दनक दिनुपर्ने अवस्था भयो । किनभने सरकारले यस्तो गराइरहेको छ भने एमाले चुप लागेर बस्न सक्दैन यस्तोमा, हाम्रो कार्यकर्ताको रक्षा हामी आफैंले गर्नुपर्छ भने।’ वर्तमान सरकारले गुण्डाहरु नियन्त्रण नगरेको पनि आरोप लगाए । बरु, उल्टै सरकारले कोशी नामकरणविरुद्ध आन्दोलन गर्नेहरुलाई प्रोत्साहित र संरक्षण गरेको ओलीको आरोप छ।

उनले मुलुकबाट प्रचण्डपथ अझै नगएको आरोप लगाए । उनले भने,‘यो प्रचण्डपथ भनेको देशद्रोही पथ हो । अपराधिक पथ हो । यो अझै गएको छैन् । त्यसो भएको हुनाले, यस्ता खालका प्रयासहरु, कहाँबाट हमला गर्न सकिन्छ ? यो माओवादीहरु हुन, जसले केपी ओलीको त सुनैसुनको भेष्ट पनि सुनको, ओहो फोटोपनि सुनको, जुत्ता पनि सुनको । यो प्रचण्डपथको काम हो । यी सबै गराउने गृहमन्त्री नारायणकाजी श्रेष्ठ हुन यी सबै गराउने ।’



प्रतिक्रिया दिनुहोस्