Logo

एमालेको केन्द्रीय सदस्यमा मनोनीत १३ सदस्यले लिए शपथ



काठमाडौं,२५ जेठ । नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनीत भएका १३ जना केन्द्रीय सदस्यले पद तथा गोपनियताको शपथ लिएका छन् ।

आज पार्टी कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा अध्यक्ष केपी शर्मा आलीले नेकपा एकीकृत समाजवादी त्यागेर एमालेमा फर्किएका मुकुन्द न्यौपानेसहित १३ जनालाई सपथ गराएका हुन् ।

आज अध्यक्ष ओलीले नेता न्यौपानेसहित प्रेमबहादुर सिंह, भागवत विश्वासी, चुणामणि जंगली, हेमराज राई, ठम्मर विष्ट, अजय गुप्ता, एकवाल मिया, गणेश खनाल, प्रेम तामाङ, यमबहादुर परियार, सुरेन्द्र मानन्धर, उमाशंकर अरगरियालाई शपथ गराए ।



प्रतिक्रिया दिनुहोस्