Logo

भारतलाई काउन्टर दिँदै बालेनले राखे कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा



काठमाडौं,२५ जेठ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन् ।

नेपालले सुघौली सन्धि गर्नुअघि आफ्नो स्वामित्वमा रहेको भूमि समेटिएको नक्सासहितको तस्बिर उनले आफ्नो कार्यकक्षमा राखेका हुन् ।

मेयर शाह हाल भारतमा रहेका छन् उनी पारिवारिक कामका लागि भारत गएको बताइएको छ ।
भारतले जेठ १४ गते नयाँ संसद भवनको उद्घाटन गरेको थियो। उक्त भवनमा भारतले ‘अखण्ड भारत’ को नक्सा राखेको थियो।उक्त नक्सामा ‘अखण्ड भारत’ मा नेपालको लुम्बिनी र कपिलवस्तु क्षेत्रलाई समेत समेटिएको छ।

नेपालका भूभागलाई समेटेर भारतले नक्सा सार्वजनिक गरेको भन्दै भारतको चौतर्फी आलोचना भइरहेको छ । भारतको उक्त कदको विरोध भइरहँदा चुपचाप रहेका बालेनले नक्सा नै जारी गरेर भारतलाई जवाफ दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्