Logo

साफ च्याम्पियनसिपका लागि नेपाली टिमको घोषणा



काठमाडौं,२५ जेठ । असार ६ गतेबाट भारतमा हुने साफ च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ ।

नेपाली टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले बिहीबार प्रतियोगिताका लागि २३ सदस्यीय टोली घोषणा गरेका हुन् ।

नेपाली टोलिमा

गोलकिपर- किरण चेम्जोङ, दीप कार्की, विशाल श्रेष्ठ

गोलरक्षक-विमल पाण्डे, सनिस श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, रोहित चन्द, सिमान्त थापा

मिडफिल्डर-पुजन उपरकोटी, एरिक बिष्ट, नविन लामा, मणिकुमार लामा, लाकेन लिम्बु, आभास लामिछाने

फरवार्ड- आयुश घलान, नवयुग श्रेष्ठ, दीपकराज सिंह ठकुरी, अञ्जन बिष्ट, मनिष डांगी, आशिष चौधरी, विमल घर्तीमगर ।

जुन २१ देखि जुलाई ४ सम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । यो समूहमा नेपालसँगै घरेलु टिम भारत, पाकिस्तान र कुवेत छन् । आठ टिमको सहभागिता रहने प्रतियोगिताको समूह ‘बी’ मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश छन् ।



प्रतिक्रिया दिनुहोस्