Logo

डेंगुका लक्षण तथा बच्ने उपाय



संगिता खत्री :

काठमाडौं २६ जेठ । डेंगु लामखुट्टेको टोकाइबाट लाग्ने एक किसिमको भाइरल रोग हो । यो रोग एउटा मानिसबाट अर्कोमा सोझै सर्दैन् । डेंगु भाइरसबाट संक्रमित एडिज एजेप्टि जातको पोथी लामखुट्टेको टोकाइबाट सर्दछ । डेंगु भाइरस संक्रमणको कारण ज्वरो आउने गर्दछ । जसलाई हामी डेंगु फिवर भन्ने गर्दछौं । डेंगु फिवर मान्छेको घनत्व बढी भएको ठाउँ अथवा मान्छेको भिडभाड भएको ठाउँमा बढी हुन्छ । जहाँ पानी जमेको हुन्छ त्यस क्षेत्रको वरिपरि डेंगु ज्वरो भएका बिरामीहरु बढी भएको पाईन्छ ।

डेंगु रोगका लक्षणहरु

डेंगु भएमा टाउको फुट्लाजस्तो गरि दुख्ने, वाक्वाकी आउने, ढाड दुख्ने, छाला परिवर्तन हुने, खोकी लाग्ने हुन्छ । अत्यधिक ज्वरो र टाउको दुख्ने डेंगुको महत्वपूर्ण लक्षण मानिएको छ । डेंगु रोग भएका बिरामीहरुलाई कसैको नाकबाट अचानक रगत बग्ने, खोक्दाखेरि रगत आउने, बान्ता गर्दा रगत आउने र पिसाबमा पनि रगत देखिनेजस्ता समस्याहरु देखा पर्दछन् ।

डेंगु रोगबाट बच्ने उपाय

सामूदायिक तवरले नै यसको नियन्त्रण गर्नुपर्छ । पानी जमेको ठाउँमा लामखुट्टेले बढी प्रजनन गर्ने भएकाले घर वरिपरि भएको खाल्डाखुल्डी पुर्नुपर्छ । यस्तै, राति सुत्दा अनिवार्य झुल प्रयोग गर्नु पर्दछ । ।लामखुट्टेको टोकाईबाट बच्ने एक किसिमको लोसन पाइन्छ । सुत्ने बेलामा शरीरमा लोसन लगाउने र विहान नुहाउने गर्नुपर्छ ।

डेंगु रोगको उपचारहरु

डेंगु रोगको औषधोपचार भने छैन । ज्वरो नियन्त्रण गर्ने, आराम गर्ने, प्रशस्त मात्रामा पानी पिउने र फलफुल, दालको रस अथवा झोलिलो खानेकुराहरु प्रशस्त मात्रामा खाएमा डेंगु रोगलाई अलि कम गर्न सकिन्छ । यदि डेंगु रोग भएको व्यक्तिलाई बान्ता वा पेट दुखेको छ भने कलेजोको परीक्षण र अल्ट्रासाउन्ड गर्नुपर्ने आवश्यक हुन्छ । File Photo/RN

नोट : (यो समाचार सामाग्री विभिन्न युट्युब च्यानलमार्फत प्रकाशित विषयविशेष विज्ञ चिकित्सको भनाईलाई आधार मानेर तयार पारिएको हो ।)



प्रतिक्रिया दिनुहोस्