Logo

कांग्रेस संसदीय दलको सचेतकमा सुशीला थिङ नियुक्त



काठमाडौ.,२५ जेठ । नेपाली कांग्रेसको संसदीय दलको सचेतकमा सुशीला थिङ नियुक्त भएकी छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १३ को उपधारा (२) बमोजिम प्रतिनिधि सभा सदस्यको सचेतक पदमा देउवाले मनोनयन गरेका हुन् ।

नेपाली कांग्रेसकी केन्द्रीय सदस्यसमेत रहेकी थिङ सिन्धुलीबाट प्रतिनिधिसभा सदस्यमा समानुपातिकतर्फबाट निर्वाचित भएकी हुन् । कांग्रेसको प्रमुख सचेतक भने रमेश लेखक रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्