Logo

पापी मनहरुले घेराबन्दी गरिरहेका छन्ः मन्त्री किराँती



काठमाडौं, २५ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीले आफूविरुद्ध पापी मनहरुले घेराबन्दी गरिरहेको बताएका छन् । आज (बिहीबार) खोटाङको दिक्तेलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले तीन वटा जहाज किन्ने प्रक्रिया थालेपछि आफूविरुद्ध चौतर्फी घेराबन्दी सूरु भएको बताएका हुन् ।

‘अहिले हामी तीन वटा जहाज किन्ने प्रक्रियामा छौं । तर, जहाज किन्न नदिन संसारभरका पापी मनहरुले घेराबन्दी गरिरहेका छन्,’– उनले भने ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनमत पार्टीलाई सरकारमा ल्याउने कसरतमा छन् । जनमत सरकारमा आउँदै गर्दा मन्त्री किराँतीलाई राजीनामा दिन लगाउने तयारीमा प्रचण्ड रहेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्