Logo

एकता नगर्ने हो भने लामो समय ‘वाम शक्ति’ टिक्दैनः बाबुराम भट्टराई



काठमाडौं, २५ जेठ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रगतिशील, लोकतान्त्रिक र समाजवादी शक्तिहरुको एकता अपरिहार्य भएको बताएका छन् । नेसपाको आज (बिहीबार) बाट सुरू भएको दुई दिने केन्द्रीय समिति बैठकमा अध्यक्ष भट्टराईले ‘अबको राष्ट्रको संकल्पः नयाँ समाजवादी विकल्प’ शीर्षकमा प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा वाम शक्तिहरुको बृहत् ध्रुवीकरण नभएको खण्डमा लामो समय टिक्न नसक्ने बताएका हुन् ।

‘नयाँ प्रगतिशील, लोकतान्त्रिक, समाजवादी शक्तिमा रूपान्तरित भएर बृहत् ध्रुवीकरण नगर्ने हो भने अहिलेकै साम्यवादी रूपमा लामो समय अघि बढ्न कठिन हुनेछ,’– उनको राजनीतिक प्रतिवेदनमा भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्