Logo

बालेनलाई दीपकराजको सुझावः भूईँको टिप्न नखोजौं, भएकोलाई जोगाऔं’



काठमाडौं,२५ जेठ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन् । नेपालले सुघौली सन्धि गर्नुअघि आफ्नो स्वामित्वमा रहेको भूमि समेटिएको नक्सासहितको तस्बिर उनले आफ्नो कार्यकक्षमा राखेका हुन् ।

मेयर शाह हाल भारतमा रहेका छन् । उनी पारिवारिक कामका लागि भारत गएको बताइएको छ । भारतले जेठ १४ गते नयाँ संसद भवनको उद्घाटन गरेको थियो। उक्त भवनमा भारतले ‘अखण्ड भारत’ को नक्सा राखेको थियो।उक्त नक्सामा ‘अखण्ड भारत’ मा नेपालको लुम्बिनी र कपिलवस्तु क्षेत्रलाईसमेत समेटिएको छ।

नेपालका भूभागलाई समेटेर भारतले नक्सा सार्वजनिक गरेको भन्दै भारतको चौतर्फी आलोचना भइरहेको छ ।भारतको उक्त कदको विरोध भइरहँदा चुपचाप रहेका बालेनले नक्सा नै जारी गरेर भारतलाई जवाफ दिएका छन् ।

बालेनको उक्त कदमलाई लिएर हाँस्यकलाकार दीपकराज गिरीले अहिलेको सानो नेपाल त चलाउन नसकेर यो गति छ, यति ठूलो भए के गर्थे होलान् ? भनि व्यङ्ग्य गरेका छन् ।
उनले बालेनलाई भूईँको टिप्नु भन्दा पनि भएको जोगाउन आवश्यक रहेको सुझाव दिएका छन् ।

‘अहिलेको सानो नेपाल त राम्रोसँग चलाउन नसकेर यो गति छ ! यति ठूलो भा भए के गर्थे होलान् ? भूर्इँको टिप्न नखोजौ । भएको लाइ जोगाऔ !’ उनले लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस्