Logo

देउवालक्षित गगनको अभिव्यक्तिः ‘विश्राम लिनुपर्ने कुरा मान्नुपर्छ’



काठमाडौं, २५ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी नेतृत्वबाट विश्राम लिने कुरा सबैले मान्नुपर्ने बताएका छन् । महामन्त्री थापाले धनकुटाको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै कांग्रेस सुधारका निम्ति गुट भत्काउन आवश्यक रहेको र साथै केही नेताले विश्राम लिने बेला भएको बताएका हुन् ।

साथै, आगामी असार १ गतेदेखि पार्टी सदस्यता वितरण अनलाईन प्रणालीमार्फत् गर्ने तयारी रहेको उनले बताए । यो सँगै कांग्रेसका नेता तथा कार्यकर्ताले आगामी असाढ १ बाट सदस्यता नवीकरण र नयाँ सदस्यता दुवै अनलाईन प्रणालीबाटै गर्न सक्नेछन् ।

‘नेताले विश्वास गुमाएको, उत्साह नभएको र आर्कषण घटेको सबैले मान्नुपर्छ । हामी कतिपयले विश्राम लिनेकुरा पनि मान्नुपर्छ,’– महामन्त्री थापाले भने । File Photo/Reporters Nepal 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot