Logo

संसद् भवनमा ‘ग्रेटर नेपाल’ को नक्सा राख्न माग गर्दै प्रदर्शन (फोटोफिचर)



काठमाडौं, २५ जेठ । स्वतन्त्र युवाहरुले ग्रेटर नेपालको नक्सा संसद् भवनमा राख्न माग गर्दै प्रदर्शन गरेका छन् । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा राखेको तस्विर बाहिरिएपछि स्वतन्त्र युवाहरुले उनको समर्थनमा ग्रेटर नेपालको नक्सा बनाएर दीप प्रज्वलनसमेत गरेका छन् ।

भारतले नयाँ बनेको संसद् भवनमा नेपालको लुम्बिनी, कपिलबस्तु लगायतका भू–भाग समेटिएको ‘अखण्ड भारत’ को नक्सा राखेसँग युवाहरुले संसद् भवनमा सुगौली सन्धि पूर्वको ‘ग्रेटर नेपाल’ को नक्सा राख्न माग गरेका हुन् । Photo By: Mukunda Kalikote/ Repoters Nepal

 

 



प्रतिक्रिया दिनुहोस्