Logo

ए डिभिजन लिग : आज अन्तिम चरणका चार खेल हुँदै



काठमाडौं, जेठ २६ । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज अन्तिम चरणका चार खेल हुँदैछन्। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार दशरथ रंगशालामा दिउँसो ३ बजे शुरु हुने पहिलो खेलमा एपीएफ क्लब र फ्रेण्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ।

यस्तै दिउँसो ३ बजे एन्फा कम्प्लेक्समा एफसी खुमलटार र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ।

च्यासल मैदानमा दिउँसो ३ बजे नै हुने खेलमा नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लब आमनेसामने हुनेछन् भने दशरथ रंगशालामा साँझ ६ बजे हुने दोस्रो खेलमा त्रिभुवन आर्मी र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुन लागेको छ ।



प्रतिक्रिया दिनुहोस्