Logo

प्रदेशस्तरीय महिला फुटबलको उपाधि नवलपुरलाई



त्रिवेणी, २६ जेठ । गण्डकी प्रदेशस्तरीय महिला फुटबलको उपाधि नवलपुरले जितेको छ । नवलपरासीपूर्व नवलपुरको कावासोतीमा सम्पन्न फाइनल खेलमा नवलपुरले स्याङ्जालाई ५–१ गोलअन्तरले पराजित गरेको हो ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेतबहादुर पुनका अनुसार विजेता नवलपुरले रु ५० हजार पुरस्कार प्राप्त ग¥यो । उपविजेता स्याङ्जाले रु ३० हजार प्राप्त ग¥यो । प्रतियोगिताका सबै खेल कावासोतीको सरस्वती माविको खेलमैदानमा खेलाइएका थिए ।

प्रदेश खेलकुद परिषद् गण्डकीको प्रायोजन र जिल्ला खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता आयोजना भएको हो । प्रतियोगितामा नवलपुर, स्याङ्जा, तनहुँ, लमजुङ र गोरखाको सहभागिता थियो । महिला फुटलब खेलाडी उत्पादन गर्ने उद्देश्यका प्रदेश खेलकुद परिषद् गण्डकी प्रदेशको सहयोगमा प्रतियोगिता आयोजना गरिएको अध्यक्ष पुनले बताए। रासस



प्रतिक्रिया दिनुहोस्