Logo

तोलामा आठ सय रुपैयाँले बढ्यो सुनको भाउ



काठमाण्डौ, जेठ २६ । हिजो तोलामा १ हजार रुपैयाँले घटेको सुनको भाउ आज भने आठ सय रुपैयाँले बढेको छ ।

आज सुनको भाउ तोलाको १ लाख १२ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको पनि भाउ बढेको छ । तोलामा ४० रुपैयाँले बढेर चाँदी आज १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्