Logo

प्रचण्ड र बाबुरामलाई थप सकसः युद्धकालमा बालसैन्य प्रयोगविरुद्ध मुद्दा अगाडि बढाउन आदेश



काठमाडौं, २६ जेठ । सर्वोच्च अदालतले युद्धकालमा बालसैन्य प्रयोग भएको घटनामा अन्तराष्ट्रिय मानवीय कानुनअनुसार मुद्दा प्रक्रिया अगागि बढाउन आदेश दिएको छ । सर्वोच्च प्रशासनले यस अघि दरपीठ गरेको उक्त मुद्दा आज (शुक्रबार) सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले मुद्दा प्रक्रिया अगाडि बढाउन आदेश जारी गरेको हो । तत्कालीन माओवादी द्वन्द्वका बालसैन्य लेलिन बिष्टले उक्त रिट सर्वोच्चमा लगेका हुन् ।

रिटमा विष्टले तत्कालीन माओवादी कमाण्डरहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, बाबुराम भट्टराई लगायतका नेताहरुलाई विपक्षी बनाएका छन् । अन्तराष्ट्रिय मानवीय कानुनमा युद्धको समयमा बालबालिकाको प्रयोग गर्नुलाई पनि युद्ध अपराधको रुपमा लिइएको छ ।

 



प्रतिक्रिया दिनुहोस्