Logo

एमाले सचिव अर्यालको दाबी : अब दिन गनेर बस्नुहोस, केपी ओली यही संसद्को कार्यकालमा प्रधानमन्त्री बन्नुहुन्छ (भिडिओसहित)



काठमाडौं, २७ जेठ । नेकपा (एमाले) की सचिव पद्यमा अर्यालले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओली यही संसद्को कार्यकालभित्रै प्रधानमन्त्री बन्ने दाबी गरेकी छिन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले केपी ओली प्रधानमन्त्री छिट्टै बन्ने भन्दै अब दिन गनेर बस्न भनेकी हुन् ।

उनले भनिन्–‘म ज्योतिषको आधारमा यही दिन बन्नुहुन्छ भनेर भन्दिनँ । तर, केपी ओली यही संसद्को कार्यकालभित्र प्रधानमन्त्री एक/दुई/तीन बन्नुहुन्छ ।’ उनले अहिले एमाले प्रचण्ड नेतृत्वको सरकारको विकल्प खोज्ने उपयुक्त समयको पखाईमा रहेको सुनाईन् । तर, अहिले आफूहरु भने सरकार ढाल्ने खेलमा नलागेको उनको जिकिर छ ।

उनले कोशी प्रदेशमा पहिचानको नाममा भएको हिंसात्मक गतिविधि नियन्त्रण गर्न वर्तमान सरकार उदासिन बनेको आरोप लगाईन् । उनले कोशी प्रदेशमा आफ्ना पार्टीका नेता तथा कार्यकर्ताहरुमाथि भएको आक्रमणबारे सरकार जानकार रहेपनि उनीहरुलाई नियन्त्रणमा लिने काम नगरेको गुनासो पोखिन् ।



प्रतिक्रिया दिनुहोस्