Logo

सत्ता गठबन्धनका दलबीचमै किचलो, बजेट पास गर्न नदिने नेकपा (एस) को तयारी



काठमाडौं, २६ जेठ । नेकपा (एकीकृत समाजवादी) उपाध्यक्ष राजेन्द्र पाण्डेले सत्ता गठबन्धन सरकारले ल्याएको बजेटलाई लिएर असन्तुष्टि व्यक्त गरेका छन् । आज (बिहीबार) समाजवादी प्रेस संगठन नेपालको प्रथम राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै उनले देशका १६५ वटा निर्वाचन क्षेत्रमा असमान तरिकाले बजेट विनियोजन गरिएको भन्दै आपत्ति जनाएका हुन् ।

वर्तमान अर्थमन्त्री रामशरण महतको गृह जिल्लामा एक अर्ब दश करोड रुपैयाँ बजेट विनियोजन भएको र अन्य निर्वाचन क्षेत्रलाई विभेद गरिएको उनले बताए । सरकार छाड्न परेपनि आफूहरुले यस प्रवृत्तिलाई विरोध गरिरहने उनको भनाई छ ।

‘हाम्रो देशमा प्रतिनिधि सभामा १६५ वटा निर्वाचन क्षेत्र छन् । १६५ वटा निर्वाचन क्षेत्रमा असमान व्यवहार गर्ने प्रवृत्ति हामीले देखिराखेका छौं । यो कुरा हो, आजको जनता २०४८ सालको जनता होइनन् । आज यहाँ केही हुनेवित्तिकै हाम्रा गाउँका सामान्य जनताले पानी थाहा पाइसकेका हुन्छन् । त्यही कांग्रेसलाई भोट हाल्ने जनता, त्यही माओवादीलाई भोट हाल्ने जनता ।’ उनले भने, ‘एउटा क्षेत्रमा चाहिँ एक सय १० करोड पैसा हाल्न मिल्ने, अर्को क्षेत्र चाहिँ रित्तै हुने यो कुरा सह्य हुनसक्छ । हामी पार्टीभित्र पनि असमान व्यवहारका विरुद्धमा विद्रोह गरेर आएका हौं । सरकार छोड्नु परे परोस् ।’ File Photo/Reporters Nepal



प्रतिक्रिया दिनुहोस्