Logo

पश्चिमी अफ्रिकी देश सिएरा लियोनको निर्वाचनमा दीपेन्द्र कँडेल इनिसिएटिभले पर्यवेक्षण गर्ने



काठमाडौं, २७ जेठ । दीपेन्द्र कँडेल इनिसिएटिभले पश्चिमी अफ्रिकी देश सिएरा लियोनमा निर्वाचन अनुगमन टोली खटाएको छ । पब्लिक इनोभेटेर ई. दीपेन्द्र कँडेलको नेतृत्वमा रहेको इनिसिएटिभले हालै थाइल्याण्डमा सम्पन्न आम निर्वाचनमा पनि पर्यवेक्षण गरेको थियो ।

सिएरा लियोनको निर्वाचन आयोगबाटै यही जुन २४ तारिखमा हुने उक्त निर्वाचनको निश्पक्षता र स्वतन्त्रताबारे पर्यवेक्षण गरिदिन पत्राचार भएपछि टोली पठाईएको कँडेलले जानकारी दिए ।
विश्वव्यापी रुपमा नै पारदर्शी र स्वच्छ निर्वाचन हुनुपर्ने वकालत गर्दै आएको डि.के.आईले निर्वाचन पर्यवेक्षणको क्रममा प्रविधिको उच्चतम प्रयोगले स्वच्छ निर्वाचन गराउन मद्दत पुग्ने भन्दै सोही विधि र प्रक्रियालाई पछ्याएको छ ।

उक्त निर्वाचनको पर्यवेक्षणको लागि इनिसिएभिभबाट अध्यक्ष कँडेल आँफे सहभागी भएका छन् । इनिसिएटिभले जिम्माबे, बंगलादेश, डेनमार्क, नेपाल, केन्या र थाइल्याण्डको निर्वाचनमा पर्यवेक्षणको काम गरिसकेको छ । उक्त पर्यवेक्षणको क्रममा निर्वाचन गराएका ती देशले इनिसिएटिभलाई सम्मानसमेत गरिसकेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्