Logo

पुँजीगत खर्च गर्न कार्यान्वयनमा समस्या छ : अर्थमन्त्री महत



काठमाडौं, २६ जेठ । अर्थमन्त्री डा प्रकाशशरण महतले पुँजीगत खर्च गर्न कार्यान्वयनमा समस्या रहेको बताएका छन्।

शुक्रबार राष्ट्रिय सभा बैठकमा संसद्‍हरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री महतले पुँजीगत खर्च गर्न कार्यान्वयनमा समस्या रहेको बताएका हुन्।

उनले भने, ‘अहिलेको अवस्थामा सरकारको पुँजीगत खर्च प्रभावकारी रुपमा बढाउनु चुनौती पूर्ण हो। पुँजीगत खर्चलाई प्रभावकारी बनाउनको लागि बुँदा नम्बर २९ देखि ४६ सम्म बुँदागत रुपमा उल्लेख गरेको छु। पुँजीगत खर्च गर्न कार्यान्वयनमा समस्या छ। साइट क्लियरेन्स छैन। वनको समस्या समाधान भएको छैन। मुआब्जा दिइएको छैन। ठेक्का लाग्यो तर पोल उठेको छैन। ठेकेदारले केही भएको छैन भनेर काम गर्दैन। यी समस्याहरुलाई मध्यनजर गरी पुँजीगत खर्चको प्रभावकारिता नबढ्ने हो भने जतिसुकै योजना राखे पनि केही हुँदैन।’



प्रतिक्रिया दिनुहोस्