Logo

सरकारलाई सत्ता पक्षकै सांसदको चेतावनीः ‘हुबहु बजेट पास गर्न सकिँदैन’



काठमाडौं, २६ जेठ । नेकपा (एकीकृत समाजवादी) का नेता एवं प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान श्रेष्ठ) ले हुबहु बजेट पास नहुने बताएका छन् । आज (बिहीबार) बसेको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले बजेटमा मधेश, मधेशी र मधेशमा बसोवास गर्नेहरुमाथि गरेको अपमान भएको बताए । उनले संसद्मै एक मिनेट मौन धारण पनि गरे ।

‘म नैतिक रुपले यहि गठबन्धन सरकारको सांसद हुँ । तर, नखाउँ भने दिनभरिको शिकार, खाउँ भने कान्छा बाउको अनुहार । कस्तो आपत, सत्ता पक्षको छु, विरोधमा जानपनि सक्दिन, फ्लोर क्रश गर्न पनि सक्दिँन । तर, आजको दिनमा जुन हिसाबको बजेट प्रस्तुत भएको छ, हुबहु पास हुन सक्दैन,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्