Logo

सहकारी पीडित बचतकर्ताकहरुको विरोध तथा धर्ना कार्यक्रममा ऋषि धमलाको ऐक्यबद्धता (फोटोफिचर)



काठमाडौं, २६ जेठ । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमलाले सहकारी पीडित बचतकर्ताहरुको माग पूरा गराउन सरकारले अविलम्ब पहलकदमी लिनुपर्ने बताएका छन् । आज (शुक्रबार) सहकारी पीडित बचतकर्ता महासंघ संघर्ष समिति नेपालले माइतीघरमा आयोजना गरेको विरोध तथा धर्ना कार्यक्रममा सहभागी हुँदै धमलाले यस्तो बताएका हुन् ।

उनले सुन्दर भविष्य देखेर विदेशमा बस्ने आफन्तहरुको दुःखबाट आर्जित रकम सहकारीमा जम्मा गरेकाहरु पनि पीडित भएको भन्दै उनीहरुको सपनामाथि कुठराघात भएको टिप्पणी गरे । पीडितहरुले नेपालभरिका सहकारी पीडित बचतकर्ता एक हौं, निक्षेपको सावा ब्याज अविलम्ब फिर्ता र सुनिश्चितताका लागि आँफैं लडौं भन्ने मूल नारा बोकेर संघर्ष जारी राखेका छन् ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्