Logo

युक्रेनको बाँधबाट आएको बाढीका कारण आठ जनाको मृत्यु : रूस



एजेन्सी । दक्षिणी युक्रेनमा शुक्रबार एउटा प्रमुख बाँध भत्किएपछि आएको बाढीबाट थप हताहत भएको र एक हप्ताभन्दा बढी समयसम्म पानीको बहाब बढ्न सक्ने रूसी अधिकारीहरूले बताएका छन्। तर युक्रेनी अधिकारीले उक्त घटनामा कम्तीमा पाँच जनाको मृत्यु भएको र अन्य १३ जना हराइरहेको बताएका छन्।

‘दुर्भाग्यवश, त्यहाँ थप व्यक्ति हताहत भएका छन्। अहिलेसम्म बाढीका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या बढेर आठ पुगेको छ,’ मस्कोद्वारा स्थापित खेरसन क्षेत्रका प्रमुख भ्लादिमिर साल्दोले टेलिग्राममा भने।

बाढिका कारण १७ वटा बस्तीका २२ हजार २७३ घरहरू डुबानमा परेको यो पानी दश दिनसम्म निरन्तर बढ्न सक्ने उनले बताए।

मङ्गलबार आएको बाढीका कारण २४३ बालबालिकासहित पाँच हजार ८०० भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको साल्डोले बताए।

साल्डोले युक्रेनी सेनाले उक्त क्षेत्रमा गोलाबारी गरेको आरोप लगाएका छन्। रासस



प्रतिक्रिया दिनुहोस्