Logo

महामन्त्री थापाको प्रश्न : एउटै व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री किन बन्ने?



काठमाडौं, २६ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एउटै व्यक्ति २ पटकभन्दा बढी किन प्रधानमन्त्री बन्ने भन्दै प्रश्न गरेका छन्।

शुक्रबार चितवनमा डेमोक्रेटिक लयर्स एसोसिएसनको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले उक्त प्रश्न गरेका हुन्।

उनले भने, ‘एउटै व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री किन बन्ने? २, ३, ४ चोटी प्रधानमन्त्री हुने कुरा व्यक्ति वा नेतासँग जोडिएको प्रश्न होइन। विधिसँग जोडिएको प्रश्न हो।’

सो कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवासमेत सहभागी रहेका थिए।



प्रतिक्रिया दिनुहोस्