Logo

मदन भण्डारी कप खुल्ला बास्केटबल प्रतियोगिताको उपाधि मनास्लु वर्ल्ड कलेजले जित्यो



काठमाडौं, १६ जेठ । मदन भण्डारी कपको उपाधि मनास्लु वर्ल्ड कलेज जितेको छ । मदन भण्डारी कप खुल्ला बास्केटबल प्रतियोगितामा मनास्लु वर्ल्ड कलेज चाबहिलले त्रिभुवन आर्मी क्लब लाई ८६-६६ को सेटले हराएको हो ।

आज किर्तिपुरको कभर्ट हलमा सम्पन्न भएको फाइनल खेलमा मनास्लु वर्ल्ड कलेज विजेता बनेको हो । विजेता मनास्लु वर्ल्ड कलेजलाई काठमाण्डौ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले ट्रफी, मेडल, प्रमाणपत्र तथा नगद प्रदान गरेकी हुन् ।

प्रतियोगितामा विभिन्न १६ नेश्नल टिम सहभागी थिए । विजेता मनास्लु वर्ल्ड कलेजले एक लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ ।



प्रतिक्रिया दिनुहोस्