Logo

भारत भ्रमणको खुसी र सफलता केही मान्छेलाई पचेको छैन : प्रधानमन्त्री दाहाल



काठमाडौं, २७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणको खुसी र सफलता केही मान्छेहरूलाई नपचेको बताएका छन्।

शनिबार नुवाकोटको पञ्चकन्या गाउपालिका प्रमुख प्रसासकिय भवनको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले उक्त कुरा बताएका हुन्।

उनले भारत भ्रमणले सिंगो राष्ट्र गौरवान्वित भएको र उद्योगी खुसी भएको बताए। ‘मेरो भारत भ्रमणले सिंगो राष्ट्र गौरवान्वित छ। तमाम उद्योगी/व्यवसायी खुसी छन्। राष्ट्रको विकासको ढोका खोल्नुपर्छ भन्ने आधार तय भएकोले आमजनता खुसी छन्। यो खुसी र सफलता केही मान्छेहरुलाई पचेको छैन। उनीहरुले अब जनतालाई के भनेर भ्रम दिने र कसरी राजनीतिको रोटी सेक्ने? राम्रो गरेकोलाई राम्रो भन्न नसक्ने त्यो रोग केही साथीहरुलाई लागेको थियो। त्यो रोगको उपचार विस्तारै गर्दै गरौंला। प्रतिनिधिसभा र राष्ट्रियसभामा कस्तो चित्र देखियो भने तपाईंहरुले पनि टेलिभिजनमा देख्नुभयो होला। मलाई चाहिँ इतिहासमा पहिलोपटक राष्ट्रको आर्थिक हितमा। राष्ट्रको बृहत्तर हितमा राम्रो काम गर्न पाएकोमा खुसी लागेको छ,’ उनले भने।



प्रतिक्रिया दिनुहोस्