Logo

बलिउड अभिनेता मंगल ढिल्लोंको निधन



काठमाडौं,२८ जेठ । बलिउड अभिनेता मंगल ढिल्लोंको निधन भएको छ ।

भारती टेलीशृंखला र चलचित्रमा समेत निक्कै उत्कृष्ट अभिनय गरेर चर्चामा आएका ढिल्लोंको लुधियानाको एक क्यान्सर अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

उनले ‘खून भरी मांग’,‘दलाल’ र ‘तूफान मेल’ जस्ता फिल्ममा काम गरेका थिए ।
मंगल ढिल्लनको जन्म गाउँ फरीदकोटमा रहेको पारिवारिक स्रोतले उनको निधन भएको पुष्टि गरेको हो।

उनको निधनको खबर अभिनेता यशपाल शर्माले पनि फेसबुक पोस्टमार्फत पुष्टि गरेका छन्।



प्रतिक्रिया दिनुहोस्