बलिउड अभिनेता मंगल ढिल्लोंको निधन


काठमाडौं,२८ जेठ । बलिउड अभिनेता मंगल ढिल्लोंको निधन भएको छ ।

भारती टेलीशृंखला र चलचित्रमा समेत निक्कै उत्कृष्ट अभिनय गरेर चर्चामा आएका ढिल्लोंको लुधियानाको एक क्यान्सर अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

उनले ‘खून भरी मांग’,‘दलाल’ र ‘तूफान मेल’ जस्ता फिल्ममा काम गरेका थिए ।
मंगल ढिल्लनको जन्म गाउँ फरीदकोटमा रहेको पारिवारिक स्रोतले उनको निधन भएको पुष्टि गरेको हो।

उनको निधनको खबर अभिनेता यशपाल शर्माले पनि फेसबुक पोस्टमार्फत पुष्टि गरेका छन्।

Skip This

Omoda E5 Pro