लागूऔषध कारोबारीमाथि प्रहरीले चलायो गोली


काठमाडौं, २८ जेठ । त्रिभुवन विमानस्थल नजिकै प्रहरीले गोली चलाएको छ । प्रहरीले लागूऔषध कारोबारीमाथि गोली चलाएको हो ।  लागूऔषध नियन्त्रण व्युरोबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको हो । प्रहरीको गोलीबाट लागूऔषध कारोबारी एक युवा घाइते भएका छन् । ती युवाको बाँया खुट्टाको घुँडामुनी गोली लागेको प्रहरीले बताएको छ ।

घाइतेलाई उपचारका लागि काठमाडौं मेडिकल कलेजमा लगिएको छ । उनको पहिचान भने अहिले खुलिनसकेको बताइएको छ ।